त्रिभुवन विमानस्थलको सर्भर डाउन हुँदा उडान प्रभावित

त्रिभुवन विमानस्थलको सर्भर डाउन हुँदा उडान प्रभावित



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको इन्टरनेट नचल्दा अध्यागमनको सेवा अवरुद्ध भएको छ । यसका कारण नेपालबाट बाहिर जाने र आउने यात्रुहरु मर्कामा परेका छन् । अध्यागमन विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार केहीबेर अघिबाट इन्टरनेटमा समस्या आउँदा काम रोकिएको छ ।

अवरुद्ध सेवा सुरु गर्न प्रयास भइरहेको विभागले जनाएको छ । विमानस्थलमा नेपाल टेलिकमको इन्टरनेट जडान गरिएको छ । यसअघि विमानस्थलमा सरकारी सर्भर डाउन हुँदा सेवा प्रभावित भएको थियो । सोमबार पनि इन्टरनेट नचल्दा सयौं हवाई यात्रुहरू प्रभावित भएका छन् ।

समस्या समाधानका लागि अहिले प्राविधिक टोलिहरु खटिरहेका छन् ।