राष्ट्रपतिबारे छलफल गर्न समाजवादीकाे बैठक जारी

राष्ट्रपतिबारे छलफल गर्न समाजवादीकाे बैठक जारी



काठमाडौं ।  भावी राष्ट्रपतिबारे राजनीतिक वृत्तमा अनेक चर्चा भैरहेका बेला प्रतिपक्ष गठबन्धनमा रहेको एकीकृत समाजवादीका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । राष्ट्रपतिबारे पार्टीको धारणा तय गर्न प्रतिनिधिसभामा १० सीट रहेको समाजवादीका नेताहरु छलफलमा बसेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा अहिले जारी बैठकमा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्षहरु राजेन्द्र पाण्डे, प्रमेश हमाल, महासचिव वेदुराम भुसाल, उपमहासचिव विजय पौडेल, गंगालाल तुलाधरलगायतका नेताहरु सहभागी छन् ।

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको उम्मेदवारी मनोनयन १३ गतेका लागि तोकिएको छ । नेपाली काँग्रेस र एमालेले आ-आफ्ना उम्मेदवार उठाउने तयारी गरिरहँदा माओवादीले भने राष्ट्रिय सहमतिका आधारमा साझा व्यक्तिलाई राष्ट्रपति निर्वाचित गर्नुपर्नेमा जोड दिंदै आएको छ । समाजवादीले भने अहिलेसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन ।