काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परराष्ट्र सल्लाहकारमा पूर्व सभामुख अग्निप्रसाद सापकोटाका छोरा रुपक सापकोटा नियुक्त भएका छन् । प्रधानमन्त्रीको सचिवालयकाअनुसार प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएदेखि नै उनले परराष्ट्र सल्लाहकारकारुपमा काम गरिरहेका छन् । उनले चीनबाट अन्तर्राष्ट्रिय सम्बन्धमा पिएचडी गरेका छन् ।
यस्तै प्रधानमन्त्रीको प्रशासन जनसम्पर्क विज्ञमा नेता रामदीप आचार्य नियुक्त भएका छन् भने जनसम्पर्क विज्ञमा देवेन्द्र पराजुली, बुद्धि जिसी नियुक्त भएका छन् । यसअघि प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेल नियुक्त भएका थिए ।
यस्तै, प्रेस विज्ञमा मनहरि तिमल्सिना, प्रेस संयोजकमा सुर्य किरण शर्मा नियुक्त भएका थिए । प्रधानमन्त्रीको स्वकीय सहसचिवमा गोकर्णप्रकाश भट्ट र आइटी विज्ञमा प्रकाश रायमाझी नियुक्त भइसकेका छन् ।
प्रधानमन्त्रीका मुख्य स्वकीय सचिवमा सन्तकुमार दरै, स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका थिए । यस्तै, शिव खकुरेल पनि प्रधानमन्त्रीको सचिवालयमा छन् । फोटो स्पेशलिस्टमा प्रदीपराज वन्त नियुक्त भएका छन् ।
प्रतिक्रिया