प्रचण्ड चरम अवसरवादी हुँदैछन् : योगेश भट्टराई

प्रचण्ड चरम अवसरवादी हुँदैछन् : योगेश भट्टराई



सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले गठबन्धन टुटाए भने चरम अवसरवादी हुने बताएका छन् । त्यसो गर्दा माओवादी अब ठूलो पार्टी बन्न नसक्ने जिकिर गरेका छन् ।

मंगलबार प्रेस चौतारी दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भट्टराईले सत्ता गठबन्धन टुटाउन एमाले अघि नबढ्ने धारणा राखेका छन् । ‘एमालेका कारणले गठबन्धन टुट्दैन, यस्ता हर्कत एमालेले गर्न सक्दैन’, उनले भने, ‘अस्थिर राजनीतिले हामी कसैलाई फाइदा हुन् सक्दैन । तर, नेकपा माओवादी केन्द्रमा अस्थिरता रहेको देखिएको छ ।’

उनले राष्ट्रपतिका लागि स्थायित्व हुन् जरुरी रहेको बताए । भट्टराईले सत्ता गठबन्धनबाटै राष्ट्रपतिको उम्मेदवार बन्न पर्ने भन्दै कांग्रेसलाई समर्थन गर्ने कुरा नैतिक रूपमा पनि नमिल्ने बताएका छन् ।