काठमाडौं । आईसीसी विश्वकप लिग टूको त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा स्कटल्याण्डले नेपाललाई जितका लागि २ सय १३ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनायो ।
नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, ललित राजवंशी र कुशल मल्लले १–१ विकेट लिए । स्कटल्याण्डका एकजना ब्याटरलाई दीपेन्द्रसिंह ऐरीले रनआउट गरेका थिए ।
चार खेलको शृंखलामा नेपालले यसअघिका तीन खेल जितेको नेपालले आज स्कटल्यान्डलाई पराजित गरे लिग २ मा पहिलो पटक लगातार ४ खेल जित्नेछ ।
स्कटल्यान्ड ३५ खेलमा ५० अंकसहित यसअघि नै विजेता बनिसकेको छ र आजको खेल लिग २ मा टोलीको अन्तिम खेल हो । स्कटल्यान्डलाई आज खेल समाप्तपश्चात विजेता ट्रफी पनि दिने कार्यक्रम रहेको छ । नेपाल २७ खेलमा २४ अंकसहित सात राष्ट्र सहभागी लिग २ को अंक तालिकामा छैटौं स्थानमा छ ।
प्रतिक्रिया