राष्ट्रपतिद्वारा हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रपतिद्वारा हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन



हेटौंडा । राष्ट्रपति विद्यादेवी भण्डारीले हेटौंडा अस्पतालको नवनिर्मित भवनको उद्घाटन गरेकी छन् ।

भण्डारीले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालले सङ्घीय सरकारको ४३ करोड रुपैयाँ लागतमा निर्माण भएको तीन तले भवनको उद्घाटन गरेकी हुन् ।

अस्पतालले नयाँ भवनबाट जनशक्ति थप गरेर उपचार सेवालाई प्रभावकारीरूपमा अगाडि बढाएको छ । पहिले रिफर अस्पतालको रूपमा परिचित हेटौंडा अस्पतालमा अहिले धेरै खालका बिरामीको उपचारसँगै विभिन्न रोगको नियमित अप्रेशन गरिँदै आएको छ ।