लागुऔषधसहित ५ जना पक्राउ

लागुऔषधसहित ५ जना पक्राउ



काठमाडौं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् ।  झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलस्थित सडकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम २२ मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा विर्तामोड नगरपालिका-५ बस्ने २९ वर्षीय सुरज कुँवर र ३४ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् । अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे. ६ प ६२ नम्बरको मोटरसाइकललाई जाँच गर्दा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-६ स्थित कन्चनिया पुल नजिकबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४५ ग्रामसहित शिवराज नगरपालिका-४ बस्ने २६ वर्षीय दुर्गा जैसवाललाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले लु.३७ प ५०७४ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकल चालक जैसवाललाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । 

दाङको घोराही उपमहानगरपालिका-४ सोनपुर चोकबाट लागुऔषध गाँजा २ सय ग्रामसहित घोराही उपमहानगरपालिका(२ बलामपुर घर भई सोही उपमहानगरपालिका-३ भानपुर चोक डेरा गरी बस्ने २२ वर्षीय श्याम बिश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले उनलाई उक्त लागुऔषध सहित फेला पारी पक्राउ गरेको हो । 

यसैगरी दाङको तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ पाँच ग्रामसहित सोही उपमहानगरपालिका-९ बेलुवा बस्ने २३ वर्षीय रुपक सिंह सुनारलाई प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुर, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत केन्नाईन उप-शाखा (हाल कोहलपुर बाँके)  र ट्राफिक  प्रहरीसहितको संयुक्त टोलीले अमिलियाबाट तुलसीपुरतर्फ जाँदै गरेको रा.१ ख २८७२ नम्बरको हाईसलाई जाँच गर्दा हाईसमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।