गण्डक नहरमा हाम फालिन् दुई छोरासहित एक महिला

गण्डक नहरमा हाम फालिन् दुई छोरासहित एक महिला



पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–२ हरकपुरस्थित गण्डक नहरमा हाम फालेर बेपत्ता भएकी एक महिला र उनका दुईवटा छोराको खोजीकार्य भइरहेको छ । 

मंगलबार दिउँसो २९ वर्षीया प्रतिमा थारु ९ वर्षीय छोरा कृष थारु र ७ वर्षीय छोरा सुमित थारुसहित नहरमा हामफालेकी थिइन् । तीनजनाकै खोजीकार्य भइरहेको प्रहरीले जनााएको छ ।