‘फुल और काँटेकी हिरोइन मधु १२ बर्ष पछि बलिउडमा

‘फुल और काँटेकी हिरोइन मधु १२ बर्ष पछि बलिउडमा



मुम्बई । भनिन्छ, हरेक अभिनेत्रीको आ–आफ्नै समय हुन्छ । के तपाईलाई अजय देवगनको सह–अभिनेत्री मधु शाह याद छ ?  हो उनै मधु शाह, जो फिल्म ‘फुल और काँटेमा १९९१ मा देखिएकी थिइन् ।

हालै उनको  नयाँ फिल्म ‘अन कट’ को टिजर सार्वजनिक भएको छ र जुन फिल्मवाट उनले आफ्नो दमदार अभिनयले दर्शकलाई निकै प्रभावित बनाउने देखाउने अडकलबाजी गरिएको छ ।

टिजर सार्बजनिक भए पछि अब १२ वर्षपछि अभिनेत्री शाहले आफना फ्यानका लागि केही नयाँ ल्याउदैछिन भन्ने चासोको विषय बनेको थालेको छ । 

धेरैले यो पनि सोचिरहेका होलान कि यतिका बर्ष उनी कहाँ थिइन ? खासमा उनी यस अवधिमा धेरै तमिल, तेलुगु र मलयालम फिल्महरू गरेकी थिइन् । अब उनी बलिउडमा फर्कने भएकी छिन ।

अब १२ बर्ष पछि ‘अन कट’वाट ठुलो पर्दामा देखिने भए पछि उनका फयानहरुले उनलाई प्रतिक्षा गरिरहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।