राष्ट्रपतिमा एमालेले उठाएको उमेदवारको सानदार जित हुन्छ : उपप्रधानमन्त्री पौडेल

राष्ट्रपतिमा एमालेले उठाएको उमेदवारको सानदार जित हुन्छ : उपप्रधानमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा अर्थमन्त्रीसमेत रहेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले राष्ट्रपतिमा एमालेले उठाएको उमेदवारले जित्ने दाबी गरेका छन् ।

बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले वर्तमान सरकार बन्दा नै राष्ट्रपति एमालेले पाउने सहमति भएकाले सोही सहमतिको आधारमा एमाले उमेदवारले जित्ने बताए ।

‘यो सरकार जुन पृष्ठभुमिको बन्यो, यो सरकार बन्दा जे जस्तो सहमति सरकारमा सहभागी दलहरूका बिचमा बनेको छ । त्यो सहमति नै नेकपा एमालेका तर्फबाट अघि सारेको उमेदवारको जितको आधार हो,’ उनले भने । सत्तारूढ गठबन्धनमा भएको भागबन्डाको सहमति कार्यान्वयन हुने उनको दाबी छ ।

‘सरकार गठनको पृष्ठभुमिमा सरकारमा सहभागी, सरकारलाई समर्थन गर्ने दलहरूका बिचमा जुन सहमति भएको छ, त्यो सहमति कार्यान्वयन हुन्छ । र, नेकपा एमालेका तर्फबाट अघि सारिएको राष्ट्रपतिको उमेदवारले सानदार ढंगले जित हासिल गर्नुहुन्छ,’ उनले भने ।