कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको स्थलगत निरीक्षण

कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको स्थलगत निरीक्षण


ग्लोब नेपाल
108
Shares

काठमाडौं । कलंकी-चक्रपथ सडक विस्तारको काम अघि बढाउने पहलस्वरुप उपप्रधानमन्त्री श्रेष्ठको नेतृत्वमा स्थलगत निरीक्षण गरेका छन् । चिनिया सहयोगमा बिस्तार हुनलागेको कलंकी-स्वयम्भू-गोंगबु-महाराजगन्ज चक्रपथ सडक खण्डको सम्बन्धित निकायले आज बिहान स्थलगत निरीक्षण गरेका छन् । निर्माण सुरु हुनुअघि निर्माण प्रक्रियाका प्राथमिकताबारे जानकारी लिन स्थलगत निरीक्षण भएको हो ।

निरीक्षण बिहान कलंकीको मकालु पेट्रोल पम्प अगाडिबाट शुरू भएको थियो । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ तथा नेपालका लागि चिनिया राजदुत छन् सङ लगायत सम्बन्धित निकायका प्रतिनिधि र निर्माण सम्बद्ध प्राविधिकहरूले स्थलगत निरीक्षण गरेका थिए ।