उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : उपेन्द्र यादव

उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ : उपेन्द्र यादव



काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले आफूहरूको दाबी उपराष्ट्रपतिमा रहेको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि उनले उपराष्ट्रपति दिन प्रधानमन्त्री सकारात्मक रहेको बताए ।

सिंहदरवारमा सञ्चारकर्मीसँग उनले भने, ‘राष्ट्रपति निर्वाचनबारे परामर्श भयो। हामीले उपराष्ट्रपति हाम्रो पार्टीबाट हुनुपर्छ भन्यौं। प्रधानमन्त्रीज्यूले सकारात्मक छु भन्नुभयो।’

यादवले राजनीतिक खेल सुरु भएको टिप्पणी गरेका छन् । ‘कांग्रेसलाई पनि विश्वासमा लिनुपर्छ,’ प्रचण्डको पनि भनाई उद्धृत गर्दै यादवले भने, ‘राजनीतिक खेल चाहिँ सुरु भयो, पुरानो गठबन्धन बन्ने या भत्किने के हुन्छ भन्न सकिन्न ।’

माओवादी संसदीय दलको कार्यालयमा भएको छलफलमा माओवादीबाट नारायणकाजी श्रेष्ठ र जसपाबाट राजेन्द्र श्रेष्ठ सहभागी थिए ।