माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक सिंहदरबारमा जारी

माओवादी, एकीकृत समाजवादी र जसपाको बैठक सिंहदरबारमा जारी



काठमाडौं । राष्ट्रपति चयनका बारेमा छलफल गर्न नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी जसपा र नेकपा एकीकृत समाजवादीको बैठक सुरु भएको छ । सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा राष्ट्रपतिबारे छलफलका लागि बैठक सुरु भएको हो ।

बैठकमा माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नारायणकाजी श्रेष्ठ, जनार्दन शर्मा र शक्ति बस्नेत सहभागी छन् ।

यस्तै जसपाबाट अध्यक्ष उपेन्द्र यादव र राजेन्द्र श्रेष्ठ सहभागी छन् ।

एकीकृत समाजवादीबाट भने अध्यक्ष माधवकुमार नेपाल, प्रमेश हमाल, बेदुराम भुसाल, घनश्याम भुसाल र प्रकाश ज्वाला सहभागी छन् ।

त्यसअघि प्रचण्डले एकीकृत समाजवादी र जसपाका नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।