देउवा निवासमा माधव नेपाल र कांग्रेस नेताहरूबीच छलफल

देउवा निवासमा माधव नेपाल र कांग्रेस नेताहरूबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छलफल गरेका छन् ।

बिहीबार साँझ पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा कांग्रेस नेताहरूले अध्यक्ष नेपालसँग राष्ट्रपति निर्वाचन र पुरानो गठबन्धन ब्युँताउने विषयमा छलफल गरेका हुन् ।

छलफलमा देउवासहित कांग्रेस नेताहरू रामचन्द्र पौडेल, गगन थापासहितका सहभागी थिए ।