काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । शुक्रबार बिहान ११ बजेका लागि नयाँ बानेश्वरस्थिति लोत्से हलमा संसदीय दलको बैठक बोलाइएको छ ।
सम्पत्ति शुद्धिकरण संशोधन विधेयकबारे पार्टीको साझा धारणा बनाउन दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले बताए । सो विधेयकमाथि संशोधन हाल्न दिइएको ७२ घण्टाको समय सीमा आज सकिन लागेकाले कांग्रेसले विज्ञको राय मागेको हो ।
लेखकका अनुसार उनीहरूले कांग्रेस सांसदहरुलाई सम्पत्ति शुद्धीकरण विधेयकबारे सुझाव दिने छन् । कांग्रेसले संसदमा आएका हरेक विधेयकमाथि आगामी दिनमा पनि सम्बन्धित विज्ञसँग परामर्श लिने लेखकले बताए ।


प्रतिक्रिया