भावी पुस्तालाई स्मरण र अनुभव सुनाउन केपी बाकाे ‘बा’

भावी पुस्तालाई स्मरण र अनुभव सुनाउन केपी बाकाे ‘बा’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले युट्युब च्यानल सुरू गरेका छन् । ओलीको ७१ औं जन्मदिनको अवसर पारेर फागुन ११ गतेबाट ‘केपी बा’ नामको युट्युब च्यानल सुरू भएको हो ।

बिहीबार उक्त युट्युब च्यानलमा ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ शीर्षकको भिडिओ अपलोड गरिएको छ ।

युट्युब च्यानल सुरू गरेको बारे ओलीले सामाजिक सञ्जालमा च्यानललाई सेयर गर्दै लेखेका छन्, ‘मेरो जन्मदिनको सन्दर्भ पारेर नयाँ युट्युब च्यानल ‘बा’ सुरू भएको छ । यसमा आउँदो पुस्तालाई सुनाउन मेरा अनुभव र स्मरण राखिने छ ।’

सामाजिक सञ्जाल मार्फत ओलीले युवाहरुलाई मार्गदर्शन गर्न र समसामयिक विषयमा आफ्नो विचार राख्ने गर्दै आएका छन् ।
उनको फेसबुक पेजमा ४ लाखभन्दा बढि फलोअर्स छन् । त्यसैगरी टिकटकमा पनि उनी लोकप्रिय छन् ।