ओस्कारले बनायो क्राइसिस टिम

ओस्कारले बनायो क्राइसिस टिम



लसएञ्जल्स । ९५औं संस्करणको ओस्कार अवार्ड १२ मार्चमा लसएञ्जल्समा हुँदैछ । यही बीच एकेडेमी अफ मोसन पिक्चर आर्टस एण्ड साइन्सका प्रमुख कार्यकारी बिल क्रेमरले ओस्कर २०२३ का लागि क्राइसिस टिम बनाउने घोषणा गरेका छन् ।

सन् २०२२ मा विल स्मिथ र क्रिस रकको थप्पड काण्डपछि ओस्कारले नयाँ नियम बनाएको हो । अवार्ड आयोजकले अवार्डमा विवादास्पद गतिविधि नियन्त्रणका लागि यो नीति ल्याएको हो ।

‘हामीसँग क्राइसिस टिम छ । यसका लागि हामीलाई आशा छ कि कुनै विवाद भएमा हाम्रो टिम तयार छ । हामीले केही योजना बनाएका छौं, जसका बारेमा हामी कोहीले ध्यान दिएका छौं’, अध्यक्ष बिलले भने ।

उनले स्मिथ र क्रिसको थप्पड काण्ड पछि आयोजकले ओस्कारमा हुने सभ्भावित घटनालाई मध्यनजर गर्दै क्राइसिस टिम बनाएको उल्लेख गरेका छन् ।

‘क्राइसिस कम्युनिकेश टिम अवार्डको समयमा हुने कुनै पनि घटनामा उपस्थित हुनेछ । कुनै घटना भयो भने हामी एक्सन लिने छौं । यद्यपि यस्तो केही नहोस र हामी यो टिमको प्रयोग गर्न बाध्य हुनु नपरोस’, अध्यक्ष क्रेमर भनेका छन् ।