एमालेले भोलि राष्ट्रपतिको उम्मेदवार उठाउँछ : ओली

एमालेले भोलि राष्ट्रपतिको उम्मेदवार उठाउँछ : ओली

प्रधानमन्त्रीसँग राष्ट्रपति उम्मेदवारबारे छलफल गर्न ओली बालुवाटारमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको उम्मेदवार शनिबार टुंगो लगाउने बताएका छन् । आजको प्रतिनिधिसभा बैठकपछि उनले पार्टीले उमेदवार उठाउने बताए ।

बालुवाटारमा बसेको कांग्रेस, माओवादीसहित चार दलको बैठकले चुनावअघिको गठबन्धन ब्युँताउने सहमति गरेपछि ओलीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

“भोलि एमालेले उम्मेदवार उठाउँछ, मनोनयन दर्ता हुन्छ । अरू घटनाक्रम थाहा छैन,” संसदबाट बाहिरिँदै ओलीले भने ।

राष्ट्रपतिको उम्मेदवारी मनोनय भोलि हुँदै छ । उनले पुस १० गते नै उम्मेदवारी दिने निर्णय भएको समेत बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल र ओलीबीच राष्ट्रपति निर्वाचनको उम्मेदवारबारे अहिले बालुवाटारमा छलफल जारी छ ।दाहालसँग भेट्न ओली संसद भवनबाट बालुवाटार गएका हुन् ।