राष्ट्रपति एमालेबाटै हुन्छ, अरु थाहा छैन : ओली

राष्ट्रपति एमालेबाटै हुन्छ, अरु थाहा छैन : ओली


ग्लोब नेपाल
2.3k
Shares

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेको उम्मेदवार नै राष्ट्रपति बन्ने दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । अध्यक्ष ओलीले राष्ट्रपति एमालेको हुने कुरा पुस १० गते नै तय भइसकेको उल्लेख गरेका थिए ।

यद्यपि पछिल्लो घटनाक्रमबारे आफूलाई थाहा नभएको बताएका थिए । ‘राष्ट्रपति एमालेको हुन्छ भन्ने कुरा त हामीले पुस १० गते नै भनेका हौँ । अरु घटनाक्रम हामीलाई थाहा छैन,’ अध्यक्ष ओलीले भने ।

प्रतिनिधिसभाको बैठकअघि नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाली काँग्रेस र जनता समाजवादी पार्टी, नेपालको बैठक बसेको थियो । यसैबीच राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा प्रमुख दलका शीर्ष नेताहरूको भेटघाट तीव्र बनिरहेको छ ।

यस क्रममा एमालेसँगै नेपाली काँग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरूले पनि राष्ट्रपतिका लागि लबी गरिरहेका छन् ।