यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय

यी हुन् मन्त्रिपरिषद् बैठकका १६ निर्णय



काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संसद्मा पेस गर्न स्वीकृति दिनेसहित १६ वटा निर्णय गरेको हो ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संवैधानिक परिषद्‌सम्बन्धी ऐन संसद्समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रवक्ता शर्माले नेपालको संविधानको धारा ५३ एवं सुशासन ९व्यवस्थापन तथा सञ्चालन० ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८र०७९ को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको जानकारी दिइन् ।

यसैगरी आगामी चैत १३ देखि १६ गतेसम्म थाइल्यान्डको बैंककमा आयोजना हुने १० औँ एसिया प्यासिफिक फोरम अन सस्टेनेबल डेभलबभेन्ट कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठलाई स्वीकृति दिने निर्णय भएको छ ।

यी हुन् निर्णय :