पुरानो गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

पुरानो गठबन्धनका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

पावर सेयरिङका विषयमा छलफल गरेर टुंगोमा पुग्ने



काठमाडौं । तत्कालीन पुरानो गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । राष्ट्रपतिको साझा उम्मेदवार तय गर्न पुरानो गठबन्धनका शीर्ष नेताको छलफल भइरहेको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालसहित कांग्रेस, एकीकृत समाजवादी, जसपा लगायत दलका शीर्ष नेताहरु सहभागी छन् । बिहान पुराना दलका नेताहरुले राष्ट्रपति र प्रधानमन्त्रीको पावर सेयरिङका विषयमा छलफल गरेका थिए । अहिले पुनः बैठक बसेर अन्तिम निर्णय गर्ने दाबी गरिएको छ ।

प्रचण्डले आजै सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि वार्ता गरेका थिए । एमाले अध्यक्ष ओली प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुईघण्टा भन्दा बढी समय छलफल गरेर बाहिरिएका थिए । आसन्न राष्ट्रपति चुनावमा सहकार्यको विषय लिएर गएका ओली र प्रचण्डबीच भएको कुराकानीको विषय सार्वजनिक भएको छैन । ओली प्रधानमन्त्री निवासबाट बाहिरिएलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरु प्रवेश गरेका हुन् । 

नेपाली कांग्रेसले राष्ट्रपति उम्मेदवार तय गर्न भोलि बिहान साढे ८ बजेलाई केन्द्रीय कार्यसम्पादन समितिको बैठक डाकेकाे छ । त्यस्तै नेकपा एमालेले पनि भोलि बिहान ९ बजेलाई पार्टी सचिवालयको बैठक बोलाएको छ ।