पुरानो गठबन्धनकाे बैठकअघि ओली-नेपालबीच महाराजगंजमा भेट

पुरानो गठबन्धनकाे बैठकअघि ओली-नेपालबीच महाराजगंजमा भेट



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा एकीकृत समाजवादी अध्यक्षमा माधवकुमार नेपालबीच भेट भएको छ । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग छलफल गरेर निस्किएका ओलीले नेपाललाई महाराजगंजमा भेटेका हुन् ।

ओलीसँगको भेटपछि नेपाल चार दलीय बैठकमा भाग लिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । करिव आधा घण्टा छलफल भएको एक नेताले जानकारी दिएका छन् । गत आइतबार पनि दुवै नेताहरुबीच महाराजगंजमा बैठक भएको थियो ।

उक्त भेटमा ओलीले नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।

आज (शुक्रबार) बिहान भएको चार दलीय छलफलमा पनि नेपालले आफूलाई राष्ट्रपति उम्मेदवारको रुपमा प्रस्ताव गरेका थिए । कांग्रेस भने राष्ट्रपति आफ्नो दलले पाउनु पर्ने बताउँदै आएको छ ।