बालुवाटार बैठकमा जनमत, नाउपा र लोसपा पनि सहभागि

बालुवाटार बैठकमा जनमत, नाउपा र लोसपा पनि सहभागि



काठमाडौं । निर्वाचन अघिको गठबन्धनको गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा जनमत पार्टी, नागरिक उम्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी पनि मिसिएका छन् ।

राष्ट्रपति निर्वाचन र पावर सेयरिङका विषयमा ठोस धारणा बनाउन बसेको पुरानो गठबन्धनको बैठकमा यी तीन दल पनि मिसिएका हुन् ।

बैठकमा सहभागी हुन जनमत पार्टीका नेता अब्दुल खान, नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्चिता चौधरी र लोसपाको अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका छन् ।

आजको बैठकले पुरानो गठबन्धन ब्युँताएर राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार तय गर्ने बताइएको छ ।