पुस १० पछि पहिलो पटक पार्टी कार्यालयमा सभापति देउवा

पुस १० पछि पहिलो पटक पार्टी कार्यालयमा सभापति देउवा


ग्लोब नेपाल
1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । पुस १० गते सात दल मिलेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो । त्यसयता कांग्रेस सभापति देउवा पार्टी कार्यालय गएका थिएनन ।

यो बीचमा देउवाले कार्यसम्पादन र पदाधिकारी बैठक धुम्बाराहीमा राख्दै आएका थियो । पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समितिको बैठक देउवाले तीन पटक स्थगित गरेका थिए । पुरानो गठबन्धन ब्युँताउने कसरतमा रहेका देउवाले सो बैठक स्थगित गरेका थिए ।

हिजाे शुक्रबार साँझ पुरानो गठबन्धन ब्युँताउने सहमति र राष्ट्रपतिमा आठ दलको समर्थन पाएपछि कांग्रेस कार्यसम्पादन समिति बैठक पुस १० पछि पहिलो पटक सानेपामा बसेको हो ।