रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने कांग्रेसको निर्णय

देउवाले प्रस्ताव गरे राष्ट्रपतिमा पौडेलको नाम


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौँ । नेपाली कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले राष्ट्रपतिमा पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको तेस्रो राष्ट्रपतिका लागि बरिष्ठ नेता रामचन्द्र पौडेलको नाम प्रस्ताव गरेका हुन् । देउवाको प्रस्ताव अनुमोदन भएसँगै नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा पौडेलको उम्मेदवार दर्ता हुनेछ ।

हिजो साँझ बसेको ८ दलको नयाँ गठबन्धनले भावी राष्ट्रपतिमा कांग्रेसका उम्मेदवारलाई समर्थन जनाउने निर्णय गरे पछि आज कांग्रेसले केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।