सरकारलाई दिएको समर्थन यथावत् राख्ने एमाले निर्णय

सरकारलाई दिएको समर्थन यथावत् राख्ने एमाले निर्णय


ग्लोब नेपाल
459
Shares

काठमाडौँ । नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।

एमालेले राष्ट्रपतिमा पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर सहमति पालनाको लागि पहल गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।