प्रगति राईको थाङ्ग्रा लोकार्पण

प्रगति राईको थाङ्ग्रा लोकार्पण


ग्लोब नेपाल
2.4k
Shares

काठमाडौं । लेखक प्रगति राईद्धारा लिखित उपन्यास ‘थाङ्ग्रा’ को लोकार्पण भएको छ । उपन्यासको लोकार्पण प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, प्राज्ञ मुनाराज सेर्मा, दीपा राई पुन, जेवी विश्वकर्मा, कैलाश राई र लेखक स्वयम् प्रगति राईले संयुक्तरुपमा गरेका थिए ।

लोकार्पण समारोहमा उपन्यास ‘थाङ्ग्रा’ को बारेमा अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो । अन्तरक्रियामा सहभागी वक्ताहरु प्राज्ञ मुनाराज सेर्मा, जेवी विश्वकर्मा, कैलाश राई र लेखक प्रगति राईले ‘थाङ्ग्रा’ उपन्यासकोबारेमा बिशेष चर्चा गरेका थिए ।

‘थाङ्ग्रा’ मा उत्पीडन वर्ग, वंश अधिकार, अन्तरजातीय विवाह, युवा र महिला, प्रेम र कलाको चित्रण गरिएको वक्ताहरुले बताएका छन् । कार्यक्रमको सहजीकरण रामगोपाल आशुतोषले गरेका थिए ।

खोटाङ जिल्ला साकेला गाउँपालिकामा जन्मिएकी लेखक राईका यसअघि २०६२ सालमा ‘बादी विज्ञप्ति’ कविता संग्रह, २०६९ सालमा ‘लेखककी स्वास्नी’ उपन्यास र २०७४ मा ‘बिर्सिएको मृत्यु’ प्रकाशित छन् ।