एमालेले गर्‍यो कांग्रेसबाहेक सबै दललाई पत्राचार

एमालेले गर्‍यो कांग्रेसबाहेक सबै दललाई पत्राचार


ग्लोब नेपाल
54
Shares

काठमाडौं । राष्ट्रपति निर्वाचनको उम्मेदवारी लगत्तै नेकपा (एमाले) आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा जुटेको छ । एमालेले शनिबार नै प्रतिष्पर्धी नेपाली कांग्रेसबाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुलाई आफ्ना उम्मेदवार सुवास नेम्वाङलाई सघाउन आग्रह गर्दै पत्राचार गरेको हाे ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार कांग्रेसबाहेक संसदमा रहेका सबै दल तथा स्वतन्त्र सांसदहरुलाई पत्र पठाइएको हो । राजनीतिक दलहरु र स्वतन्त्र सांसद गरी १७ वटा पत्र पठाएको अधिकारीले जानकारी दिए । संविधानको मर्म र भावनाअनुरुप नेम्वाङ राष्ट्रपतिका लागि अत्यन्त योग्य र उपयुक्त उम्मेदवार रहेको जिकीर एमाले अध्यक्ष केपी ओलीले पठाएको पत्रमा उल्लेख छ ।

एमालेको पत्रको सम्बन्धमा नेकपा (एकीकृत समाजवादी) ले भने संवादको ढोका खुलेको जनाएको छ । सो पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले एमालेको पत्रले भविष्यमा सहकार्यको ढोका खोलेको तर राष्ट्रपति निर्वाचनमा भने नेम्वाङलाई आफूहरुले भोट हाल्ने अवस्था नरहेको बताए ।