सवारी दुर्घटनामा परी पत्रकार मनोज हितंगाको मृत्यु

सवारी दुर्घटनामा परी पत्रकार मनोज हितंगाको मृत्यु


ग्लोब नेपाल
54
Shares

बुटवल । सवारी दुर्घटनामा परी एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा कार्यरत पत्रकार मनोज हितंगाको मृत्यु भएको छ। गए राति बुटवलको मिलन चोकमा मोटरसाइकललाई यात्रुबहाक बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार पत्रकार हितंगाको मृत्यु भएको हो।

लु८प९०६८ नम्बरको मोटरसाइकलमा सवार रहेका ३६ वर्षीय हितंगाको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश ०७-०२-/००१ नम्बरको बसले गए राति करिब सवा ११ बजे बुटवल बसपार्क नजिकै मोटरसाइकललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएका हितंगालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। उनलाई केहीबेरमा चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

लामो समय टेलिभिजनमा क्यामेरा पर्सनका रूपमा कार्यरत रहेका उनी पछिल्लो समय ‍एनएनटिभीको लुम्बिनी प्रदेश कार्यालयमा रहेर संवाददाताका रूपमा कार्यरत थिए। उनी पाल्पास्थित तानसेन नगरपालिकाका स्थायी बासिन्दा थिए।

विगत १५ वर्षदेखि बुटवलस्थित बुद्ध नगरमा बस्दै आएका उनी पाल्पास्थित तानसेन नगरपालिकाका स्थायी बासिन्दा हुन्।