शुक्रबार कतार जाँदै प्रधानमन्त्री प्रचण्ड

शुक्रबार कतार जाँदै प्रधानमन्त्री प्रचण्ड


ग्लोब नेपाल
216
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अतिकम विकसित मुलुकहरूको सम्मेलनमा भाग लिन कतार जाने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रचण्ड शुक्रबार कतारको दोहामा हुने सम्मेलनमा सहभागी हुने छन् ।

राष्ट्रपति निर्वाचनलाई लिएर जाने, नजानेबारे अलमलमा रहेका प्रधानमन्त्री प्रचण्ड सम्मेलनमा सहभागी भएर नेपालको कुरा राख्नुपर्ने भन्दै त्यहाँ जाने निचोडमा पुगेका हुन । उक्त सम्मेलनमा परराष्ट्र मन्त्री विमला राई पौड्यालसमेत सहभागी हुनेछिन् । प्रचण्ड २२ गतेपछि नेपाल फर्किने छन् ।