वाम पार्टीहरू एक ठाउँ उभिनुपर्छ : झलनाथ खनाल

वाम पार्टीहरू एक ठाउँ उभिनुपर्छ : झलनाथ खनाल



सुर्खेत । नेकपा एकीकृत समाजवादीका नेता पुर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी दलहरुकाबीचमा एकता हुनुपर्नेमा जोड दिएका छन् ।

आइतबार सुर्खेत विमानस्थल पत्रकारहरूसँग कुरा गर्दै उनले सम्पूर्ण वामपन्थीहरू एक ठाउँमा भए मात्र परिवर्तन हुनसक्ने बताए ।

पार्टीका नीति, सिद्धान्त र लक्ष्य मिलेमा जुनसुकै दलसँगपनि एकीकरण गर्न तयार रहेको भन्दै नेता खनालले वाम दलहरुकाबीचमा मोर्चाबन्दी बनाएर जान आफ्नो पार्टी खुला रहेको बताए ।

मुख्य दलहरू शक्ति आर्जनका लागि र्‍याल काढेर हिँडेको उल्लेख गर्दै नेता खनालले सत्ताका लागि ढोका ढकढकाएर हिँड्ने प्रवृत्तिमा आफू नभएको बताए ।