राष्ट्रिय सभामा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित

राष्ट्रिय सभामा सांसद रहमानको निधनप्रति शोक प्रस्ताव पारित



काठमाडौं । राष्ट्रिय सभाले जसपाका प्रतिनिधि सभाका सांसद शहनाज रहमानको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको राष्ट्रिय सभा बैठकले अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राखेको सांसद रहमानको निधनप्रति शोक प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

बैठकले सांसद रहमानप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना समेत व्यक्त गरेको छ । हृदयघातका कारण भक्तपुरस्थित मध्यपुर अस्पतालमा उपचारको क्रममा उनको १३ फागुनमा निधन भएको थियो ।