उदयपुरको रौता पोखरी (फोटोफिचर)

उदयपुरको रौता पोखरी (फोटोफिचर)



उदयपुर जिल्लामा रहेको रौता पोखरीले धार्मिक र पर्यटकीय महत्व बोकेको छ । खोटाङ र उदयपुर जिल्लाको सीमा नजिक रहेको उक्त पोखरी नजिक रौतामाइको मन्दिर छ । उक्त मन्दिरको दर्शन गर्न खोटाङ, उदयपुर, ओखलढुंगा र तराईका विभिन्न क्षेत्रबाट आउँछन् । २०५० सालमा रौतामाइ धार्मिक विकास संस्थाको स्थापनासँगै दर्शन गर्न आउने तीर्थालुका लागि सजिलो भएको छ । वरिपरीको रमणीयस्थलको अवलोकन गर्नेहरुका लागि होमस्टेको समेत सुविधा उपलब्ध छ । खोटाङको बाह्र पोखरी र उदयपुरको रौता पोखरी दिदी बहिनी हुन भन्ने किम्वन्ती छ । पोखरीको पानी घट्दै गइरहेको छ । यसले सबैलाई चिन्तित बनाएको छ ।