बाटो नभएको ठाउँमा पुल बनाउने सचिवबिरुद्ध मुद्धा दायर

बाटो नभएको ठाउँमा पुल बनाउने सचिवबिरुद्ध मुद्धा दायर



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश सचिवसहित तीनजनाविरुद्ध मुद्दा दायर गरेको छ । 

गोरखामा बाटो नभएको ठाउँमा पुल बनाएर स्रोत दुरुपयोग गरेको आरोपमा प्रदेश सचिव ईश्वरचन्द्र मरहट्टासहित तीनका बिरुद्ध बिशेष अदालत काठमाडौंमा आरोप पत्र दर्ता गरिएको छ ।

अख्तियारका अनुसार गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयका तत्कालीन सचिव मरहट्टा, प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय, गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुङ्गानाविरुद्ध अन्तियारले बिशेष अदालत आरोपपत्र दायर गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयको बजेटबाट गोरखा नगरपालिका– ३ जरेवरस्थित दरौंदी नदीमाथि बाटो नभएको स्थानमा पुल राखेर उनीहरुले  राज्यको स्रोत दुरुपयोग गरेको आरोपपत्रमा उल्लेख छ ।

तत्कालीन सचिव मरहट्टाविरुद्ध पाँच करोड ४५ लाख बढी बिगो तोकिएको छ ।