रिक्त तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

रिक्त तीन मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

राप्रपाका ४ मन्त्रीको राजीनामा स्वीकृत



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का मन्त्रीहरुले राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्हालेका छन् ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, सहरी विकास मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी राष्ट्रपति विद्यादेवी भण्डारीले जिम्मेवारी तोकेकी हुन् ।

शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले शनिबार राजीनामा दिएका थिए ।