बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक जारी

बालुवाटारमा आठ दलीय गठबन्धनको बैठक जारी



काठमाडौं । आठ राजनीतिक दलका नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनका लागि बनेको आठ दलीय गठबन्धनको बैठक बोलाएका थिए । राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने सन्दर्भमा आठ दलीय गठबन्धन बनेपछि अब कसरी अगाडि बढ्ने भन्नेबारे बैठकमा छलफल भइरहेको नेताहरुले बताएका छन् ।

आठ दलीय गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् ।