‘परस्त्री’ असार १५ मा रिलिज हुने

‘परस्त्री’ असार १५ मा रिलिज हुने


ग्लोब नेपाल
0
Shares

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’को प्रदर्शन मिति सरेको छ । सुरज पाण्डेको डेब्यू निर्देशन रहेको यो चलचित्र अब आगामी वर्षको असार १५ मा रिलिज हुने भएको हो । यसअघि यो फिल्म यही फागुन १९ मा रिलिज हुने भएको थियो । प्राविधिक काम नसकिएको भन्दै निर्माण टिमले रिलिज मिति सारेको हो ।

यो चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, अलिसा क्षेत्री, आशान्त शर्मालगायतका कलाकारले अभिनय गरेका छन् । विवाहेत्तर सम्बन्धले निम्त्याउने पारिवारिक र सामाजिक संकटको कथावस्तुमा निर्माण भएको चलचित्र काठमाडौं र मुस्ताङमा छायाँकन गरिएको हो। निरज पाण्डेले फिल्मको छायाँकन गरेका हुन् ।

डिएस डिजिटलको ब्यानरमा निर्माण भएको चलचित्रमा दिपेन्द्र के खनाल र शर्मिला पाण्डेले लगानी गरेका छन् । यसको कथा पनि दिपेन्द्र के खनालले लेखेका हुन् ।