आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । आत्मनिर्भर लघुवित्तको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताहरुका लागि फागुन ११ गतेदेखि आईपीओ बिक्री खुला गरेको थियो । उक्त आईपीओमा आवेदकहरुले आज कार्यालय समयभित्र आवेदन दिनुपर्ने हुन्छ ।

लघुवित्तले जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५ प्रतिशतले हुने २ करोड ३ लाख ३८ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । जसअनुसार प्रतिसेयर १०० अंकित मूल्यमा २ लाख ३ हजार ३८० कित्ता सेयर कम्पनीले निष्कासन गरेको छ । यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागी १० प्रतिशत अर्थात् २० हजार ३३८ कित्ता सेयर निष्कासन गरिसकेको छ ।

यस्तै, कर्मचारीहरुका लागी जारी पुँजीको ०.५ प्रतिशत अर्थात् ३ हजार ११७ कित्ता सेयर र सामूहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात् १० हजार १७० कित्ता सुरक्षित गरिएको छ । बाँकी रहेको १ लाख ६९ हजार ७५५ कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । 

आवेदकहरुले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् । 

क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तको आइपीओलाई ‘केयर एनपी बी प्लस’ प्रमाणपत्र प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको जाउँछ ।