बिक्रमको नयाँ गीत ‘कुटुमा कुटु’को भिडियो सार्वजनिक

बिक्रमको नयाँ गीत ‘कुटुमा कुटु’को भिडियो सार्वजनिक


ग्लोब नेपाल
135
Shares

काठमाडौं । गायक तथा सङ्गीतकार बिक्रम कालिकोटेको नयाँ गीत ‘कुटुमा कुटु’को भिडियो रिलिज भएको छ । कालिकोटेको स्वर तथा संगीत रहेको यस गीतमा किरण माइकलको शब्द रचना रहेको छ ।

पप आधुनिक फ्लेवरको गीतमा रुचि राख्ने बिक्रमले यसअघि पाँच दर्जनबढि गीतमा स्वर दिएका छन् भने सयौँको सङ्ख्यामा सङ्गीत भरेका छन् । सार्वजनिक गीतको बारेमा बोल्दै बिक्रमले यो गीत संगीतको हिसाबमा रोमान्टिक र शब्द हिसाबमा भावुक भएको बताए । उनले भने, ‘यो गीतले युवापुस्तामाझ प्रेमको सन्देश छौड्छ। प्रेममा हुने सानातिना गल्तीहरुलाई लिएर समस्या उत्पन्न गर्नुहुँदैन भन्ने भाव बोकेको छ ।”

उनले आफुले कुनै पनि गीत सुपरहिट नै हुनुपर्छ भन्ने उद्देश्य नराख्ने बताउँदै आफुलाई दर्शक-श्रोताले मनदेखि सुनुन् भन्ने इच्छा रहेको जनाए ।

गीतको भिडियोलाई गायक आफैले निर्देशन गरेका छन् भने उनि आफैले मोडल बिना राउतको जोडी बनेर अभिनय पनि गरेका छन् । भिडियोलाई दिनेश पराजुलीले छायांकन तथा संजय अधिकारीले सम्पादन गरेका छन् ।

भिडियो