आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आदर्श लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन



काठमाडौं । आदर्श लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने सोमबार अन्तिम दिन हो । कम्पनीले फागुन १६ गते बुक क्लोज गर्नेछ । 

कम्पनीले गत आर्थिक वर्षको बोनस सेयर २० प्रतिशत र कर तिर्न १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश पारित गर्न यस संस्थाले फागुन ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा बिहान ११ बजेबाट सुरु हुनेछ । गौतम भिलेज रिसोर्ट, बनेपा न.पा. ११ सिनागल, काभ्रेपलाञ्चोकमा सभाको अयोजना गरिएको छ ।