सन्दीपको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउने

सन्दीपको मुद्दामा बहस सकियो, केहीबेरमा आदेश आउने



काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ । दुवैतर्फका वकिलहरुले बहस गरेपछि न्यायाधीशहरू आदेश लेख्दैछन् । केहीबेरमा आदेश आउने बताइएकाे छ ।

सर्वोच्चका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा मुद्दाको सुनवाइ भएको हो । विदेश जान लगाइएको रोक फुकुवा गर्न सन्दीपले दिएको निवेदन र उनलाई धरौटीमा छोड्ने उच्च अदालतको फैसलाविरुद्ध सरकारी पक्षले गरेको पुनरावेदनको एकसाथ सुनवाइ भएको थियो ।