प्रधानमन्त्री दाहालको भागमा १६ वटा मन्त्रालय

प्रधानमन्त्री दाहालको भागमा १६ वटा मन्त्रालय



काठमाडौं । प्रमुख सत्ता साझेदार नेकपा एमालेले सोमबार सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले १६ मन्त्रालयको सम्हाल्ने भएका छन् ।

सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको हाे । गत पुस १० गते बनेको सात दलीय गठबन्धनको प्रमुख घटक एमाले दुई महिनामै सरकारबाट बाहिरिएको छ । यस्तोमा एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा सहभागी आठजना मन्त्रीहरुले बालुवाटार पुगेर राजीनामा बुझाइसकेका छन्।

एमालेका मन्त्रीहरुले राजीनामा बुझाएसँगै यसअघि ८ मन्त्रालय सम्हालेका प्रचण्डको काँधमा थप ८ मन्त्रालयसहित १६ वटा पुगेका छन् । प्रचण्डले यसअघि गत माघमा रवि लामिछानेको सांसद र मन्त्री पद गएपछि गृहमन्त्रालय पनि आफैँ राखेका छन् ।

उनीसँग सोमबारसम्म वन तथा वातावरण, युवा तथा खेलकुद, गृह, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय थिए ।

प्रधानमन्त्रीले सम्हालेका मन्त्रालय

वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
गृह मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय
सहरी विकास मन्त्रालय
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय
अर्थमन्त्रालय
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
परराष्ट्र मन्त्रालय
स्वास्थ्य तथा जनसङ्‌ख्या मन्त्रालय
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
रक्षा मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
कृषि तथा पशुपंक्षी विकास मन्त्रालय