सरकारमा मेरो दाबी छैन : उपसभापति खड्का

सरकारमा मेरो दाबी छैन : उपसभापति खड्का

'मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरी दिनुहोस् ।’


ग्लोब नेपाल
3k
Shares

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले सरकारमा जान आफ्नो दाबी नरहेको बताएका छन् ।

सोमबार साँझ ट्वीट गर्दै खड्काले गत पुस १० मा तत्कालीन पाँच दलीय गठबन्धन भत्किएको र त्यसलाई पुन:र्स्थापित गर्ने सोही दिन गरिएको संकल्पलाई पूरा गरिएको भन्दै उनले अब सरकारमा जाने आफ्नो दाबी नभएको बताएका हुन् ।

उनले ट्वीटरमा लेखेका छन्, ‘ पुस १० गते भत्काइएको गठबन्धनलाई पुनःस्थापित गर्ने त्यही दिन राति गरेको संकल्पलाई लगभग पूरा गरिएको छ । अब मेरो दाबी कुनै कुरामा छैन । मेरो नाम अरूसँग जोडेर सरकारमा जाने दाबी गरेको भनेर कृपया मिडियामा र सामाजिक सञ्जालमा बहसको विषय बनाएर मलाई अन्याय नगरी दिनुहोस् ।’ कांग्रेस सरकारमा जाँदा उपसभापति खड्काको नेतृत्वमा जाने चर्चा हुन थालेपछि खड्काले ट्वीट गर्दै आफ्नो दाबी नरहेको स्पष्ट पारेका हुन् ।