भ्रष्टाचार मुद्धामा सांसद गुरुङ दोषी ठहर

भ्रष्टाचार मुद्धामा सांसद गुरुङ दोषी ठहर


ग्लोब नेपाल
54
Shares

काठमाडौं । भृकुटीमण्डपस्थित फनपार्कको जग्गा सस्तोमा भाडामा दिएर भ्रष्टाचार गरेको मुद्दामा नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले गुरुङलाई मतियारको रुपमा दोषी ठहर गरेको हो । सजाय भने २५ फागुनमा सुनाइने भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ माघ २०७५ मा गुरुङसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । भ्रष्टाचार मुद्धामा दोषी ठहर भएसँगै उनको पद पनि संकटमा परेको छ ।