प्रदेश १ को नाम १२ बजेसम्म प्रस्ताव गरिसक्नु पर्ने, ‘कोशी’ राख्न कांग्रेस–एमाले सहमत

प्रदेश १ को नाम १२ बजेसम्म प्रस्ताव गरिसक्नु पर्ने, ‘कोशी’ राख्न कांग्रेस–एमाले सहमत



बिराटनगर । प्रदेश १ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजेबजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ ।

प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसिमा तोकेको हो । पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सुचना जारी गरेको हो । प्रदेशसभा सचिवाल गोपाल प्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेश गर्नका लागि सुचना जारी गरिएको छ ।

‘नेपालको  संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नम्बर १ को नामाकरणका लागि प्रदेश सभा नियमावली–२०७४ (पहिलो संसोधनसहित)को नियम ५८ (ख)बमोजिम सोही नियमावलीको अनुसुची–९ को ढाँचामा प्रदेश नम्बर १ को प्रदेश सभा सदस्यहरुलाई  २०७७९ फागुन १७ गते दिनको १० बजे देखी १२ बजेसम्म आफनो नाम प्रदेश सभा सचिवालय समक्ष दर्ता गराउन हुन माननीय सभामखज्युको आदेश अनुसार माननीय सदस्यहरुको जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ’ सुचनामा भनिएको छ ।

आजै प्रदेशको नामाकरण हुने गरी कार्यतालिका बनाईएको छ, जसअनुसार नेपाली कांग्रेस र नेकपा एमालेले ‘कोशी’ प्रदेश राख्न सहमत भएको बुझिएको छ । दुवै दलले त्यसमा सहमति जुटाउनका लागि साना दलहरुसँग प्रयास गरिरहेका छन ।

दुई ठूला दलको पक्षमा राप्रपा पनि छ । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी र जसपाले भने फरक मत राखेका छन् । नामका विषयमा दलहरुबीच भएको अनौपचारिक छलफलमा तीन दलले पहिचानसहितको नाम प्रस्ताव आउनु पर्ने अडान राखेका थिए ।