राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो

राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्न फेरियो



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्वाचन चिह्न फेरिएको छ । यसअघि गोलो घेराभित्र घण्टी चुनाव चिह्न रहेकोमा अब गोलो घेरा हटाएर घण्टीमात्रै राखिएको हो ।

रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले चुनाव चिह्न फेरिएको जानकारी गराउँदै गोलाकार हटाएर घण्टीमात्रै राखिएकाे छ ।निर्वाचन आयोगले पनि राजनीतिक दलसम्बन्धी विवरण अद्यावधिक गर्दै रास्वपाको चुनाव चिह्न घण्टीमात्रै राखेको छ ।

रवि लामिछाने नेतृत्वको रास्वपाले गत मंसिर ४ गतेको प्रतिनिधि सभा निर्वाचनमा गोलो घेराभित्र घन्टी चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेको थियो । उसले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ १३ गरी २० सिट जितेको थियो ।