प्रदेश–१ मा कोसी नाम राख्न कांग्रेसले गरेको समर्थन फिर्ता

प्रदेश–१ मा कोसी नाम राख्न कांग्रेसले गरेको समर्थन फिर्ता



विराटनगर । नेपाली कांग्रेसले प्रदेश–१ को नाम कोसी राख्न गरेको समर्थन फिर्ता लिएको छ । नेकपा एमालेले कोसी प्रदेश नाम राख्न गरेको प्रस्तावमा कांग्रेसले समर्थन जनाएको थियो । समर्थकमा कांग्रेस सांसद भूमिप्रसाद राजवंशी थिए ।

नेकपा (माओवादी केन्द्र)ले समेत समर्थन गर्ने भनिएकोमा सो अनुसार नभएकाले कांग्रेसले समर्थनबाट नाम फिर्ता लिएको जानकारी दिएको छ । समर्थन फिर्ता गरेको निवेदन कांग्रेस दलको कार्यालयले प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ ।

यता माओवादी केन्द्रले भने कौसीमै मतदान गर्ने संसदीय दलको बैठकबाट निर्णय गरेको छ । नामको प्रस्ताव र सदनको कारवाहीबारे छलफल गर्न केहीबेरपछि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।