नामकरणमाथि छलफल गर्न प्रदेश १ बैठक सुरु

नामकरणमाथि छलफल गर्न प्रदेश १ बैठक सुरु



विराटनगर । प्रदेश १ को प्रदेशसभाको बैठक सुरु भएको छ । नामकरणको विषयमा छलफल गर्न प्रदेशसभाको बैठक बसेकाे हाे ।

प्रदेशमा नामकरणका लागि कोशी प्रदेश र किरात लिम्बुवान सगरमाथा प्रदेश राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको छ । एमालेले कोशी नाम राख्नुपर्ने प्रस्ताव गरेको छ भने एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बुवान सगरमाथा राख्न प्रस्ताव गरेको छ ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले कोशी प्रदेशको पक्षमा मतदान गर्ने बताएका छन् । प्रदेशको नाम प्रदेशसभाको दुई तिहाइ बहुमतले राख्ने संवैधानिक व्यवस्था छ । प्रदेशसभामा एमाले, कांग्रेस र माओवादी केन्द्रको सदस्य संख्या दुई तिहाइ छ ।