वामदेवलाई भेट्न भैँसेपाटी पुगे ओली

वामदेवलाई भेट्न भैँसेपाटी पुगे ओली



काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता अभियानको संयोजक एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

गौतमलाई भेट्न ओली बुधवार दिउँसो उनकै निवास भैँसेपाटी पुगेका हुन् । राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा ओलीले वामदेवलाई भेटेर सहयोग मागेको उनको सचिवालयले जनाएको छ ।

राष्ट्रपतिमा एमालेले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ । राष्ट्रिय सभा सदस्यका रूपमा गौतम पनि राष्ट्रपति चुनावका मतदाता हुन् ।

राष्ट्रपति चुनावमा कांग्रेससहित ८ दलले रामचन्द्र पौडेललाई उम्मेदवार बनाएकाे छ ।