प्रदेश–१ को नाम कोसी बहुमतले स्वीकृत, प्रस्तावमाथि सभामा छलफल जारी

प्रदेश–१ को नाम कोसी बहुमतले स्वीकृत, प्रस्तावमाथि सभामा छलफल जारी



विराटनगर । प्रदेश नम्बर–१ को नाम राख्न प्रदेशसभा सचिवालयमा दर्ता गरिएको कोसीसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतले स्वीकृत भएको छ । त्योसँगै उक्त प्रस्तावउपर प्रदेशसभा बैठकमा छलफल जारी भएको छ ।

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले दर्ता गराएको किरात लिम्बुवान सगरमाथा नामसम्बन्धी प्रस्ताव प्रदेशसभाको बहुमतबाट अस्वीकृत भएको छ ।

अब सभामा नाममाथिको छलफल सकिएपछि मत विभाजन हुनेछ । सभाको दुईतिहाइ बहुमतले पारित गरे प्रदेश–१ ले नाम पाउनेछ । सभामा नाममाथिको छलफल चलिरहेको छ ।